Monday, April 24, 2017

सक्दिन ।

चाहेर पनि बितेको पलहरु सपार्न सक्दिन ।
याद आइरहन्छ कसै गरे नि बार्न सक्दिन ।

सायद झुटो थियौ होला हिजो अस्ती पनि
आज पनि झुटै हौ भनि स्विकार्न सक्दिन ।

यो दुनियाँमा सँधैभरी तिम्रो मात्र जित हुन्न्
तिम्रै खातिर आखिर जहिल्यै म हार्न सक्दिन ।

साँच्चै कति सजिलै भुल्न सकेका होलान्
अरुले जस्तै सहजै माया म मार्न सक्दिन ।

२०७३-१२-०२ 

No comments:

Post a Comment