Wednesday, April 19, 2017

जब देख्छु झापाको चित्र यो मन कहाँ आड्छ र ?
अनि देख्छु माइखोला पवित्र यो मन कहाँ आड्छ र ?

यो उराठ भुमिबाट कहिले उन्मुक्ती पाउँछु होला ?
सम्झिन्छु बालापनका मित्र यो मन कहाँ आड्छ र ?

सम्झिदैछु त्यो पारीको फाँटमा तिमी र म खेलेको
निस्चल र अबोध बालचरित्र यो मन कहाँ आड्छ र ?

तिमी लाख प्रायत्न गर काठमाडौं मानचित्र राख्नलाई
झापा हुन्छ सदा मनभित्र यो मन कहाँ आड्छ र ?

ज्योति अनिश्चित
२०७३-१२-१०

No comments:

Post a Comment