Monday, April 24, 2017

म के गरुँ ?

बारम्बार आउँछ तिम्रो सम्झना म के गरुँ ?
मनमा आउँछ अनेक तर्कना म के गरुँ ?

आँखामा जादु,ओठको मुस्कान असह्य भयो
हर रात देख्छु तिम्रै सपना म के गरुँ ?

बिछिप्त मन ,बाँझिएका कुरा पोखौं कि भनि
खेस्रा कागजमा लेखिदिएँ भावना म के गरुँ ?

हर शनिवार कुरा भए पनि आखिर किन ?
अभाव खड्किरहन्छ समिना म के गरुँ ?

ज्योति अनिश्चित
२०७२-१०- २४ 

No comments:

Post a Comment