Monday, April 24, 2017

भरोषा

आस्था अनि भरोषा टुटे पनि हेर ।
तिम्रो अनि मेरो साथ छुटे पनि हेर ।

त्यो बस्तिले मलाई तिरस्कार गरेपनि
मन त्यतै रह्यो बसाइँ उठे पनि हेर ।

आमा भन्नुहुन्थ्यो सवल दिन आउँछ भनि
प्रतिक्षामा बसिरहेँ समयले कुटे पनि हेर ।

ज्योति खतिवडा
२०७३ -११-०७ 

No comments:

Post a Comment