Monday, April 24, 2017

छुट्याउन सकिन ।

असल कि खराब छुट्याउन सकिन।
पानी कि सराव छुट्याउन सकिन।

मैले आँफैलाइ चिनेको रहेनछु
चेहेरा कि नकाव छुट्याउन सकिन।

तिमीलाइ दिएको एक थुंगो फुल
सयपत्री कि गुलाव छुट्याउन सकिन।

म के मानुँ तिमी नै भनिदेउ एकफेर
आरोप कि दवाब छुट्याउन सकिन ।

ज्योति अनिश्चित
२०७२-१०- २४ 

No comments:

Post a Comment