Monday, April 24, 2017

मेरो जिन्दगीमा ।

छाएर क्षणिक पल मेरो जिन्दगीमा ।
उज्यालो झलमल मेरो जिन्दगीमा ।

बिर्सुँ भन्दा नि अझ बढी आउँछ
मुहार त्यो चन्चल मेरो जिन्दगीमा ।

विछिप्त भइ हाँसो उडेको बेला
मुस्कान झलझल मेरो जिन्दगीमा ।

म गुँरास पात्र खोज्दै हिँडिरहेछु
भइन् उनी कमल मेरो जिन्दगीमा ।

अब त लाग्छ मानौं जिन्दगी नै
भयो खलबल मेरो जिन्दगीमा । 

No comments:

Post a Comment