Monday, April 24, 2017

पिरतीमा रखिदियो ।

राख्दिनेले धेरै कुरा जिन्दगीमा रखिदियो ।
तिम्रो मेरो बिचमा एउटा सिमा रखिदियो ।

मलाई भिर-पहरादेखी डर लग्छ भनेर होला
अन्जान उसले मलाई उचाइमा रखिदियो ।

जिन्दगीले विपनीमा धेरै नदिएनी आखिर
सुटुक्क उनको यादहरु सपनीमा रखिदियो ।

मैले प्रेम भन्ने शब्द महशुस नगरेको होईन
तैपनी अनेक तगाराहरु पिरतीमा रखिदियो । 

No comments:

Post a Comment