Tuesday, April 4, 2017

नलुकाएरै सबै सामु एउटा कुरा भन्न सक्छु
 मुना हुनु तिमी मेरि, मदन तिम्रो बन्न सक्छु

आस्था अनि भरोशाको ईटाहरु थप्दै सानु
चार कोठे घर बनाइ खुशीहरु गन्न सक्छु

रङ्गाइ तिम्रो सिउँदो सानु,बिघ्नहरु पन्छाउँदै
यहाँदेखी कोशौसम्म बाटो आँफै खन्न सक्छु


                                उही तिम्रो
ज्योति खतिवडा अनिश्चित

२०७३-१२-२२

No comments:

Post a Comment