Monday, April 24, 2017

जिवन ज्योतिर्मय थिएन ।

ज्योति नाममा थियो, जिवन ज्योतिर्मय थिएन ।
आफ्नै जिन्दगी पनि आँफैलाई निश्चय थिएन ।

कहिले लेखेँ जीतको कथा कहिले गाएँ पिरव्यथा
जीतको नारा गुन्जिन्थ्यो जहाँ विजय थिएन ।

रिक्त मेरो मुटु थ्यो जहाँ माया बाढ्दाबाढ्दा
भित्रैबाट रित्तिएछु मुटुमा केही सन्चय थिएन ।

हिजोसम्म जीवन निराश थियो मन उदास थियो
सायद परिचय तिमीसँग र तिम्रो उदय थिएन ।

ज्योति अनिश्चित
२०७४-०१-०७

No comments:

Post a Comment