Monday, April 24, 2017

कि त नजाती हुन्छ।

एक दिनको घाती सधैंको घाती हुन्छ।
दु:खमा साथ दिने एउटा साथी हुन्छ।

दिनमा त्रास र बेचैनको जिन्दगी बाँच्छु
एकाग्र त आखिर सुन्सान राती हुन्छ।

छियाछिया भएको छाती देख्दैन कोहि
RMR को मान ९० त मेरो छाती हुन्छ।

तिमी सोच्छौ होला कति मोज छ भनि
ताप छाप र राप जहिल्यै माथी हुन्छ।

अनिश्चित यो जिन्दगीमा ज्योती
कि जाती हुन्छ कि त नजाती हुन्छ। 

No comments:

Post a Comment