Wednesday, April 19, 2017

मनभित्र के छ सानु
केही बोल न
मनभित्रको गाँठो तिमी
सबै खोल न
सानु केही बोल न ।

तिमी हाँस्दा जगत् हाँस्थ्यो
आज के भो र
गगन पनि धुम्म छ है
आज के भो र
मुहार पनि फुङ्ग छ है
आज के भो र

मनभित्र के छ सानु
केही बोल न
मनभित्रको गाँठो तिमी
सबै खोल न
सानु केही बोल न ।

निश्चल ति नयनले
केही बोल्दै छन्
झिमझिम गर्ने परेलीले
केही खोल्दै छन्
मनको आँधी शान्त पारी
मुख खोल न


मनभित्र के छ सानु
केही बोल न
मनभित्रको गाँठो तिमी
सबै खोल न
सानु केही बोल न ।

त्यो मनमा घाउ भए
यता दर्द हुन्छ
मुहार त्यो फिक्का भए
यता मन रुन्छ

मनभित्र के छ सानु
केही बोल न
मनभित्रको गाँठो तिमी
सबै खोल न
सानु केही बोल न ।

गुलाबी ति ओठहरु
किन खोल्दिनौ
के कुराले चित्त दुख्यो
किन बोल्दिनौ
मनभित्रको गाँठो तिमी
किन खोल्दिनौ

मनभित्र के छ सानु
केही बोल न
मनभित्रको गाँठो तिमी
सबै खोल न
सानु केही बोल न ।


ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा झापा नेपाल ।
हाल काठमाडौ ।

No comments:

Post a Comment