Monday, April 24, 2017

आमा! गाली नगर्नु है ।

आज एकै प्याला पिएँ; आमा! गाली नगर्नु है ।
रित्याएँ अनि रित्तिएँ; आमा! गाली नगर्नु है ।

उनी टाढा तिमी टाढा, टाढा भएर पिएँ
दिएँ धेरै दु:ख दिएँ; आमा! गाली नगर्नु है ।

तिमी थियौ उनी थिइन् अनि सबै खुशी थियो
सबै खुशी सबको लिएँ ; आमा! गाली नगर्नु है ।

तिम्रो त्याग बाबाको समर्पणले जन्मिएको म
वियोगमा सबै बिर्सिएँ; आमा! गाली नगर्नु है ।

मार्च १ २०१७ 

No comments:

Post a Comment