Friday, April 21, 2017

थोरै भए नि तिम्रो प्रीत पाउन सक्छु कि ?
माया केवल तिमीसित लाउन सक्छु कि ?

तिमी रचना, तिमी कविता ;कविमन मेरो
तिमीलाई स्वयं बनाइ गीत गाउन सक्छु कि ?

मायामा हुन्न हार ;हुन्न प्रतिस्पर्दा कहिल्यै
मायालुहरुको हुन्छ जीत आउन सक्छु कि ?

थाम्नुपर्छ हात कसैको चलिआएको परम्परा
जोगाउन त्यही रीत समाउन सक्छु कि ?

ज्योति अनिश्चित
सुरुङ्गा झापा । 

No comments:

Post a Comment