Monday, April 24, 2017

अति भो है सरकार ।

भारतिय दमन अति भो है सरकार ।
सक्दिन सहन अति भो है सरकार ।

यत्रो हुँदासम्म मौन मात्रै रहन्छौ
सुप वातावरण अति भो है सरकार ।

मेरो मातृभुमिमा गिद्धेनजर लाग्यो
केवल तिम्रै कारण अति भो है सरकार ।

देश चल्दैन अब दस लाखको भरमा
निर्दोषको मरण अति भो है सरकार ।

ज्योति अनिश्चित
२०७३-११-२७ 

No comments:

Post a Comment