Monday, April 24, 2017

म भन्दा माथि मेरो देश ।

आफ्नै सतहबाट उभिएर हेर्दा
यहि धरातलबाट उक्लिएर हेर्दा
मनोरम प्रक्रिति आँखामा संगाल्दै
हिमालयको हिमकणमा चिप्लेटी खेल्दा

हरियो चारकोसे झाडी छिचोल्दै
पहरासँग सिँगौरि खेल्दै
छहरा भइ पहराबाट हाम्फाल्दा
खोलानालासँग लड्दैपढ्दै
निलो गहिराइमा डुवुल्की मार्दा

भन्न मन लाग्दो रहेछ अब
भनेर नेपाल पहाडहरुको देश
भनेर नेपाल नदीनालाहरुको देश

त्यसैले भुली सारा मनका द्वेष
गौरव गर्छु आफ्नै भाषा र भेष
नरहोस तनमा रगतको एक शेष
देशकोलागि मर्नु परेको वेस
म भन्दा माथि मेरो देश । । । । ।
‪#‎म_भन्दा_माथि_मेरो_देश‬ । । । । । । । 

No comments:

Post a Comment