Monday, April 24, 2017

नरुनु है आमा ।

म मरेको पल आँगनमा नरुनु है आमा ।
ढले गोली लागि वदनमा नरुनु है आमा ।

तिम्रो वदन टुक्राएको कहाँ हेर्न सक्छु र ?
त्यसैले जान्छु सिमाङ्कनमा नरुनु है आमा ।

मेरो दाजु हिजो ढल्यो भोली मेरो पालो
यही कुरा गड्छ मनमा नरुनु है आमा ।

म एक्लैले हुन्न तैपनि आँटेको छु-आऔँ
राष्टृयता जगाऔँ जनमा नरुनु है आमा ।

तिम्रो रक्षा गर्दागर्दै अमर हुन गएँ भने
बिन्ती हेरी माथि गगनमा नरुनु है आमा ।

ज्योति अनिश्चित
२०७३ फाल्गुण २९ 

No comments:

Post a Comment