Saturday, April 8, 2017

तिम्रो मायाको अभावमा खडेरिमा परेको छु जस्तो लाग्छ ।
तिम्रो नजरदेखी जानीनजानी तल झरेको छु जस्तो लाग्छ ।

मन  थिएन  समी  तिम्रो  चित्त  दुखाइ  आँशु  बगाउने
भुलबस  केही  कुरामा  गल्ती  गरेको  छु  जस्तो  लाग्छ ।

खुशी  रोपेँ  दु:ख  फल्छ ,  हाँसो  रोपे  आँशु  प्रिया
खुशीको नभइ आशुँरोदनको बिज छरेको छु जस्तो लाग्छ ।

तिमीसँग  मुटु  थियो मेरो अब  रक्तसंचार  रिक्त  भयो
मानौ तिम्रो बियोगमा म पलपल मरेको छु  जस्तो लाग्छ ।

समर्पित
ज्योति अनिश्चित
‎२०७३-१२-२४

No comments:

Post a Comment