Tuesday, April 25, 2017

अर्को जुनी दियौ ।

जिवन-मरणको सम्झौतामा जिवन भनी चुनिदियौ ।
मृत्युशैयाबाट फेरि सानु मलाई अर्को जुनी दियौ

म भित्रैबाट भाच्चिएथेँ पिरहरु गुम्स्याइ राख्दा
नविन जिवन दियौ मलाई सारा व्यथा सुनिदियौ ।

सपनाहरु टुटी सारा छरप्रष्ट छरिएथे यत्रतत्र
आयौ टिप्यौ मोतीदाना एकै माला उनिदियौ ।

चाहानाको हत्या भयो आशाहरु मारिदिएँ
तिमी आयौ जिवनमा फेरी सपना बुनिदियौ ।

ज्योति खतिवडा अनिश्चित ।
२०७४-०१-१२

No comments:

Post a Comment