Monday, April 24, 2017

भुल्न गाह्रो भएन ।

बोलीजस्तै व्यभहार प्यारो भएन ।
यो मुटु कमजोर अनि सारो भएन ।
सोच्यौ होला मलाई भुल्न सक्दैन
सोचेजस्तै भुल्न भने गाह्रो भएन ।

ज्योति अनिश्चित
२०७३-१२-०४ 

खोजिरहेछ ।

नउम्रिएको पलास खोजिरहेछ ।
नभएको विकास खोजिरहेछ ।

बेहोशीमा साथी टुकी बालेर
हराएको प्रकास खोजिरहेछ ।

निर्जिव त्यो मुटुभित्र अझै
आफ्नोपन खास खोजिरहेछ ।

२०७३-१२-१६  

मेरो जिन्दगीमा ।

छाएर क्षणिक पल मेरो जिन्दगीमा ।
उज्यालो झलमल मेरो जिन्दगीमा ।

बिर्सुँ भन्दा नि अझ बढी आउँछ
मुहार त्यो चन्चल मेरो जिन्दगीमा ।

विछिप्त भइ हाँसो उडेको बेला
मुस्कान झलझल मेरो जिन्दगीमा ।

म गुँरास पात्र खोज्दै हिँडिरहेछु
भइन् उनी कमल मेरो जिन्दगीमा ।

अब त लाग्छ मानौं जिन्दगी नै
भयो खलबल मेरो जिन्दगीमा । 

बिचमा रङ्गिन छ ।

स्वेत त अस्वेत बिचमा रङ्गिन छ ।
जिवन तिम्रो समिपमा रङ्गिन छ ।

तिमीलाई एकफेर फेरी हेरिदिएँ
तिम्रो अनि मेरो प्रीतमा रङ्गिन छ ।

गाजलु नयन मिलेका दन्तलहर
प्रेमिल भाका र गीतमा रङ्गिन छ ।

कालो केशराशी लहर छ कस्तो ?
मधुर मुस्कानको जीतमा रङ्गिन छ ।

तिमी कोसौँ टाढा रहे पनि समी
मेरो खुशी तिम्रो हितमा रङ्गिन छ । 

तर हनुमान होईन।

म सहुँला गाली थोरै तथानाम होईन ।
मान्छु भनेको सबै तर हनुमान होईन।

बिक्छ भन्दैमा सबैकुरा बेचेको छैन
बिकाउमा स्वंय हुँला तर इमान होईन ।

शब्द तीतो भएपनि आखिरिमा हेर
भावमा माया छ हजुर अपमान होईन ।

ज्योति अनिश्चित
२०७२-१०- २४ 

छुट्याउन सकिन ।

असल कि खराब छुट्याउन सकिन।
पानी कि सराव छुट्याउन सकिन।

मैले आँफैलाइ चिनेको रहेनछु
चेहेरा कि नकाव छुट्याउन सकिन।

तिमीलाइ दिएको एक थुंगो फुल
सयपत्री कि गुलाव छुट्याउन सकिन।

म के मानुँ तिमी नै भनिदेउ एकफेर
आरोप कि दवाब छुट्याउन सकिन ।

ज्योति अनिश्चित
२०७२-१०- २४ 

म के गरुँ ?

बारम्बार आउँछ तिम्रो सम्झना म के गरुँ ?
मनमा आउँछ अनेक तर्कना म के गरुँ ?

आँखामा जादु,ओठको मुस्कान असह्य भयो
हर रात देख्छु तिम्रै सपना म के गरुँ ?

बिछिप्त मन ,बाँझिएका कुरा पोखौं कि भनि
खेस्रा कागजमा लेखिदिएँ भावना म के गरुँ ?

हर शनिवार कुरा भए पनि आखिर किन ?
अभाव खड्किरहन्छ समिना म के गरुँ ?

ज्योति अनिश्चित
२०७२-१०- २४ 

पिरतीमा रखिदियो ।

राख्दिनेले धेरै कुरा जिन्दगीमा रखिदियो ।
तिम्रो मेरो बिचमा एउटा सिमा रखिदियो ।

मलाई भिर-पहरादेखी डर लग्छ भनेर होला
अन्जान उसले मलाई उचाइमा रखिदियो ।

जिन्दगीले विपनीमा धेरै नदिएनी आखिर
सुटुक्क उनको यादहरु सपनीमा रखिदियो ।

मैले प्रेम भन्ने शब्द महशुस नगरेको होईन
तैपनी अनेक तगाराहरु पिरतीमा रखिदियो । 

म भन्दा माथि मेरो देश ।

आफ्नै सतहबाट उभिएर हेर्दा
यहि धरातलबाट उक्लिएर हेर्दा
मनोरम प्रक्रिति आँखामा संगाल्दै
हिमालयको हिमकणमा चिप्लेटी खेल्दा

हरियो चारकोसे झाडी छिचोल्दै
पहरासँग सिँगौरि खेल्दै
छहरा भइ पहराबाट हाम्फाल्दा
खोलानालासँग लड्दैपढ्दै
निलो गहिराइमा डुवुल्की मार्दा

भन्न मन लाग्दो रहेछ अब
भनेर नेपाल पहाडहरुको देश
भनेर नेपाल नदीनालाहरुको देश

त्यसैले भुली सारा मनका द्वेष
गौरव गर्छु आफ्नै भाषा र भेष
नरहोस तनमा रगतको एक शेष
देशकोलागि मर्नु परेको वेस
म भन्दा माथि मेरो देश । । । । ।
‪#‎म_भन्दा_माथि_मेरो_देश‬ । । । । । । । 

कि त नजाती हुन्छ।

एक दिनको घाती सधैंको घाती हुन्छ।
दु:खमा साथ दिने एउटा साथी हुन्छ।

दिनमा त्रास र बेचैनको जिन्दगी बाँच्छु
एकाग्र त आखिर सुन्सान राती हुन्छ।

छियाछिया भएको छाती देख्दैन कोहि
RMR को मान ९० त मेरो छाती हुन्छ।

तिमी सोच्छौ होला कति मोज छ भनि
ताप छाप र राप जहिल्यै माथी हुन्छ।

अनिश्चित यो जिन्दगीमा ज्योती
कि जाती हुन्छ कि त नजाती हुन्छ। 

जिवन ज्योतिर्मय थिएन ।

ज्योति नाममा थियो, जिवन ज्योतिर्मय थिएन ।
आफ्नै जिन्दगी पनि आँफैलाई निश्चय थिएन ।

कहिले लेखेँ जीतको कथा कहिले गाएँ पिरव्यथा
जीतको नारा गुन्जिन्थ्यो जहाँ विजय थिएन ।

रिक्त मेरो मुटु थ्यो जहाँ माया बाढ्दाबाढ्दा
भित्रैबाट रित्तिएछु मुटुमा केही सन्चय थिएन ।

हिजोसम्म जीवन निराश थियो मन उदास थियो
सायद परिचय तिमीसँग र तिम्रो उदय थिएन ।

ज्योति अनिश्चित
२०७४-०१-०७

Friday, April 21, 2017

थोरै भए नि तिम्रो प्रीत पाउन सक्छु कि ?
माया केवल तिमीसित लाउन सक्छु कि ?

तिमी रचना, तिमी कविता ;कविमन मेरो
तिमीलाई स्वयं बनाइ गीत गाउन सक्छु कि ?

मायामा हुन्न हार ;हुन्न प्रतिस्पर्दा कहिल्यै
मायालुहरुको हुन्छ जीत आउन सक्छु कि ?

थाम्नुपर्छ हात कसैको चलिआएको परम्परा
जोगाउन त्यही रीत समाउन सक्छु कि ?

ज्योति अनिश्चित
सुरुङ्गा झापा । 

Wednesday, April 19, 2017

अनमोल छ भन्छन्, प्यार गजबको।
बुझीनसक्नु यसको, सार गजबको।

आखिर किन आफै पर्छन् थाहा भएनि
जीउनु न मर्नु पार्ने, धार गजबको।

म किन लाउँथे माया जीत हुन्नथ्यो भने
हारेर पनि रमाउँदैछु, हार गजबको।

कस्तो हुन्छ सच्चा कस्तो कच्चा माया
अनौठो यो बन्धनको, तार गजबको ।
मुटु दुख्दा आँखाहरु रुझाएर रोएँ ।
मुटु फाट्यो,सिलाएँ अनि जुझाएर रोएँ ।
मेरो जस्तै मुटु होला मेरो जस्तै माया पनि
बुझ्दै नबुझ्ने मनलाई फेरी बुझाएर रोएँ ।
जब देख्छु झापाको चित्र यो मन कहाँ आड्छ र ?
अनि देख्छु माइखोला पवित्र यो मन कहाँ आड्छ र ?

यो उराठ भुमिबाट कहिले उन्मुक्ती पाउँछु होला ?
सम्झिन्छु बालापनका मित्र यो मन कहाँ आड्छ र ?

सम्झिदैछु त्यो पारीको फाँटमा तिमी र म खेलेको
निस्चल र अबोध बालचरित्र यो मन कहाँ आड्छ र ?

तिमी लाख प्रायत्न गर काठमाडौं मानचित्र राख्नलाई
झापा हुन्छ सदा मनभित्र यो मन कहाँ आड्छ र ?

ज्योति अनिश्चित
२०७३-१२-१०

मनभित्र के छ सानु
केही बोल न
मनभित्रको गाँठो तिमी
सबै खोल न
सानु केही बोल न ।

तिमी हाँस्दा जगत् हाँस्थ्यो
आज के भो र
गगन पनि धुम्म छ है
आज के भो र
मुहार पनि फुङ्ग छ है
आज के भो र

मनभित्र के छ सानु
केही बोल न
मनभित्रको गाँठो तिमी
सबै खोल न
सानु केही बोल न ।

निश्चल ति नयनले
केही बोल्दै छन्
झिमझिम गर्ने परेलीले
केही खोल्दै छन्
मनको आँधी शान्त पारी
मुख खोल न


मनभित्र के छ सानु
केही बोल न
मनभित्रको गाँठो तिमी
सबै खोल न
सानु केही बोल न ।

त्यो मनमा घाउ भए
यता दर्द हुन्छ
मुहार त्यो फिक्का भए
यता मन रुन्छ

मनभित्र के छ सानु
केही बोल न
मनभित्रको गाँठो तिमी
सबै खोल न
सानु केही बोल न ।

गुलाबी ति ओठहरु
किन खोल्दिनौ
के कुराले चित्त दुख्यो
किन बोल्दिनौ
मनभित्रको गाँठो तिमी
किन खोल्दिनौ

मनभित्र के छ सानु
केही बोल न
मनभित्रको गाँठो तिमी
सबै खोल न
सानु केही बोल न ।


ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा झापा नेपाल ।
हाल काठमाडौ ।

Saturday, April 8, 2017

तिम्रो मायाको अभावमा खडेरिमा परेको छु जस्तो लाग्छ ।
तिम्रो नजरदेखी जानीनजानी तल झरेको छु जस्तो लाग्छ ।

मन  थिएन  समी  तिम्रो  चित्त  दुखाइ  आँशु  बगाउने
भुलबस  केही  कुरामा  गल्ती  गरेको  छु  जस्तो  लाग्छ ।

खुशी  रोपेँ  दु:ख  फल्छ ,  हाँसो  रोपे  आँशु  प्रिया
खुशीको नभइ आशुँरोदनको बिज छरेको छु जस्तो लाग्छ ।

तिमीसँग  मुटु  थियो मेरो अब  रक्तसंचार  रिक्त  भयो
मानौ तिम्रो बियोगमा म पलपल मरेको छु  जस्तो लाग्छ ।

समर्पित
ज्योति अनिश्चित
‎२०७३-१२-२४

Wednesday, April 5, 2017

माया र प्रेम अब प्रतिबन्द लगाउँछु ।
जब आफ्नै आवाज म बुलन्द पाउँछु ।

तिम्रो आदर सम्मानमा दाग लागेछ
तब प्रेमको परिभाषा नि मन्द पाउँछु ।

म के भनुँ तिमीलाई शब्द भेट्टाइन
निस्वार्थमा मायामा स्वार्थको गन्ध पाउँछु ।

ज्योति अनिश्चित
२०७३-१२-२३ 

Tuesday, April 4, 2017

नलुकाएरै सबै सामु एउटा कुरा भन्न सक्छु
 मुना हुनु तिमी मेरि, मदन तिम्रो बन्न सक्छु

आस्था अनि भरोशाको ईटाहरु थप्दै सानु
चार कोठे घर बनाइ खुशीहरु गन्न सक्छु

रङ्गाइ तिम्रो सिउँदो सानु,बिघ्नहरु पन्छाउँदै
यहाँदेखी कोशौसम्म बाटो आँफै खन्न सक्छु


                                उही तिम्रो
ज्योति खतिवडा अनिश्चित

२०७३-१२-२२

Sunday, April 2, 2017

मन भारी थियो उसै परेली धमिलो बनाइदिएँ ।
उसका फगत पाइलाहरु गहकिलो बनाइदिएँ ।
खोज्दैथियो उसले केवल मसंग टाढिने बाहाना
मैले पनि रिसाएर उसलाई सजिलो बनाइदिएँ ।